दफा २७२
न्यायाधीश आफैले गर्नु पर्ने कामहरू

(१) यस संहिता बमोजिम अदालतले गर्ने कामहरूमध्येदेहायका कामहरू न्यायाधीश आफैले गर्नु पर्नेछ:-
(क) पक्षको बयान लिने,
(ख) साक्षीलाई शपथ गराउने,
(ग) साक्षीको बकपत्र गराउने,
(घ) अन्तरकालीन वा अन्तरिम आदेश गर्ने,
(ङ) मुद्दामा निर्णय दिनु पर्ने कुराहरूको आदेश पर्चा खडा गर्ने,
(च) प्रमाण बुझ्ने सम्बन्धी आदेश दिने,
(छ) मुद्दाको प्रारम्भिक र पूर्वसुनुवाई छलफल गराउने,
(ज) सुनुवाई गर्ने,
(झ) मिलापत्र गराउने,
(ञ) फैसला गर्ने वा कुनै किसिमको अन्तिम आदेश दिने ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बयान वा बकपत्रको अभिलेखनको प्रयोजनको लागि न्यायाधीशले अदालतमाउपलब्ध भएसम्म कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीसम्मको र नभए राजपत्र अनङ्कित द्वितीय श्रेणीसम्मकोकर्मचारीको सहयोग लिन सक्नेछ ।